काठमाडौंमा चल्न थाल्यो ‘विद्युतीय बस’, भाडामा २० प्रतिशत छुट (फोटो फिचर)


२३ भाद्र २०७६, सोमबार
mahanagar bas 44

काठमाडौं, २३ भदौं । वायु र ध्वनी प्रदूषणले आहत बनाएको काठमाडौं उपत्यकामा आजदेखि ‘विद्युतीय बस’ ले औपचारिक रुपमा सेवा दिन थालेको छ ।

काठमाडौंका नागरिकलाई ध्वनी र वायु प्रदूषणबाट जोगाउने पहिलो प्रयासका रुपमा सुन्दर यातायातले विद्युतीय बसको औपचारिक सेवा शुरु गरेको छ । सुन्दर यातायातले सोमबारदेखि काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा ल्याएको हो । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइने जनाइएको छ ।

यो ‘बिजुली बस’ सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार एक कार्यक्रमबीच गरेका छन् । यो विजुली बसले सेवा दिन थालेपछि सँधै कोचिएर यात्रा गर्नुपर्ने वाध्यताबाट काठमाडौं उपत्यकाबासीलाई राहत मिल्ने देखिएको छ ।
सु

न्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा दिन थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्ने छन् । कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग शुरुवात भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करीब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

रिङ्गरोडमा रुट
यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो । तर, सञ्चालन शुरुवात नहुँदै मापदण्डअनुसारको बस नआएको भन्दै फिर्ता पठाइएको थियो ।

सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिङ्गरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

सुन्दरले भित्राइसकेका र भित्राउन लागिएका थप बस ४० सिट क्षमतासम्मका छन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाइने कम्पनीले बताएको छ ।
मोबाइलबाटै ‘क्युआर कोड’ स्क्यान गरेर भाडा
कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घण्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उदघाटन गरिसकेको छ ।

यी बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिने छ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।
आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने कम्पनीको भनाइ छ ।

यो बसमा पछाडिका सिटहरु यात्रुको आकर्षणको कन्द्रमा हुनेछन् । किनभने पछाडिको सिटमा बस्दा फिल्म हलभित्र बाल्कोनीमा बसे जस्तै अनुभव हुने कम्पनीको दावी छ ।
सुरक्षाका यस्ता छन् सुविधा
यो बसभित्र बसमै स्मार्ट डस्टबिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने ह्याम्बर लगायतका उपकरण पनि छन् । जुन अहिलेसम्म नेपालको सार्वजनिक यातायातमा प्रयोग भएको पाइँदैन ।

एयर कन्डिसनर सेवा सहितका यी विद्युतीय बस वातावरणमैत्री छन् । यिनीहरुले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनी पनि निकाल्दैनन् ।
विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुन्छ । हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चिन्छन् ।

तर, विद्युतीय बसको सञ्चालन खर्च त्योभन्दा निकै कम छ । प्रत्येक ५ किलोमिटरमा बीएके कम्पनीको सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने कम्पनीको भनाइ छ ।

खरिद मूल्य भने डिजेल गाडीको भन्दा करिब ४ गुणा महंगो हुन्छ । तर, पनि कम्पनीले सरकारले अनुमति दिए अरुको भन्दा कम भाडामा नै यात्रुलाई सेवा दिने बताएको छ । यात्रा कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष थापाले बताएका छन् ।

सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ । कम्पनीले २१५ रुपैयाँ मूल्यको यात्रा कार्डको विक्री पनि शुरु गर्दैछ ।

हेर्नुस् तस्विरहरु

mahanagar bas2
mahanagar bas4
mahanagar bas5
mahanagar bas77777
mahanagar basyshrstuhrtdf

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७