कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहारको आरोपमा पूर्व सभासद् पक्राउ


२३ भाद्र २०७६, सोमबार
yogendra

ललितपुर, २३ भदौं । प्रहरीले पूर्व सभासद् योगेन्द्र घिसिङलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरेकी छन् ।

एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो । पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् ।

पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घिसिङ २०७० मा तत्कालीन माओवादीबाट समानुपातिक सांसद थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७