परस्त्रीसँगको ‘अर्धनग्न’ फोटोले गाउँपालिका अध्यक्षलाई पुर्‍यायो प्रहरी हिरासत


२३ भाद्र २०७६, सोमबार
adaksha

प्युठान, २३ भदौं । प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । दुई छोरीका पिता गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएको प्रहरीले जानकारी दिएको छ ।

बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो । दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।

परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरेकी थिइन्् । उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरी समक्ष पेस गरेको प्रहरीको भनाई छ ।

त्यसपछि प्रहरीले शुरुमा युवतीलाई हिरासतमा लियो । तर, विष्णु फरार रहेको भन्दै प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गर्‍यो र मातहतका सबै प्रहरी युनिटमा उनलाई पक्राउ गर्न सर्कुलर गर्‍यो । त्यसको केही दिनपछि आइतबार साँझ (भदौ २२ गते) गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आफैं प्रहरी सम्पर्कमा पुगे ।

प्युठान जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र न्यौपानेले भने, ‘उहाँ (विष्णु गिरी) साँझ सम्पर्कमा आउनुभएको छ, अनुसन्धानका लागि हिरासतमा लिएका छौं ।’
श्रीमतीको सम्बन्ध कागजमा मात्रै !
गौमुखी गाउँपालिका–४ पूजा निवासी अध्यक्ष गिरीका श्रीमती र दुई छोरीहरु छन् । दुई छोरी जन्मेपछि गिरीले बन्ध्याकरण गरेका थिए । तर, पारिवारिक बेमेलका कारण उनी ०६७ सालदेखि नै श्रीमती र छोरीहरुसँग अलग्गै बस्न थालेको पाइएको छ ।

स्थानीयका अनुसार अहिले श्रीमती सीता दुई छोरीहरु बिजुवारमा कोठा भाडा लिएर बस्दै आएका छन् । अध्यक्ष विष्णु श्रीमतीसँग अलग्गै बस्न थालेको लगभग १० वर्ष बिते पनि उनीहरुवीच कागजीरुपमा छोडपत्र भएको छैन । छोडपत्र नभएकै अवस्थामा अध्यक्ष गिरी प्युठानकै अर्की एक युवतीसँग गहिरो प्रेममा डुबेका थिए ।

गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनारले भनिन् ‘उहाँहरुवीच अंश मुद्दासँगै सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको थियो र अन्तिम चरणमा पुगेको थियो, तर अध्यक्ष ज्यूले अर्को बिहे गरेको मलाई थाहा छैन ।’
फेसबुकले फसायो
गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राख्ने गरेका थिए । साथै उनीहरुवीच फेसबुक च्याटमा प्रेमका अन्तरंग कुराकानीहरु हुने गरेका थिए ।

च्याटमा भएको कुराकानीमा गाउँपालिका अध्यक्ष विष्णुलाई युवतीले ‘बुढो’ भनेर सम्बोधन गरेको पाइएको प्रहरीले जनाएको छ । उनले विष्णुलाई मोबाइलमा खिचेका तस्वीरहरु डिलिट गर्न भनेकी थिइन् । तर, उनले ती तस्वीर सार्वजनिक नहुनेमा ढुक्क रहन प्रेमिकालाई भनेका थिए । अन्ततः फेसबुकको सोही संवादले उनीहरुलाई धोका दियो ।

स्थानीय चुनावमा गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै गिरी युवतीसँग प्रेममा फसेका थिए । यसवीचमा उनीहरु यति नजिकिए कि बच्चा पाउने कि नपाउने भन्ने विषयमा समेत फेसबुकको म्यासेन्जरबाटै छलफल गर्न थाले ।

च्याटमा विष्णुले परिवारनियोजन गरे पनि बच्चा जन्मन सक्ने भन्दै प्रेमिकालाई आश्वस्त बनाउन खोजेका थिए । बुटवलको एक पोलिक्लिनिकमा जागिरे ती युवतीलाई विष्णुले मरन्ठानाका एक व्यक्तिको बन्ध्याकरणपछि पनि बच्चा भएको उदाहरण दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७