ए सिरिजका नयाँ स्मार्टफोन ल्याउँदै आपो


२३ भाद्र २०७६, सोमबार
A 20 series coming soon

काठमाडौं, २३ भदौ । ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । ‘एनाइन २०२०’ र “एफाइभ २०२०’मोडलमा बजेट स्मार्टफोन ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ।


मिड रेन्ज प्राइसमा ल्याउने तयारी गरिएको यी स्मार्टफोन युवा पुस्तामा लोकप्रिय हुने कम्पनीको विश्वास छ।

A20 series coming soon

ओपोले सन् २००९ मा पहिलोपटक ए सिरिजका फोन ल्याएको थियो। पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिएको थियो

ओपो ए सिरिज २०२० मा अहिलेका भन्दा नयाँ फिचर्स हुने बताइएको छ। कम्पनीका अनुसार नयाँ फोनमा ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्री हुने छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७