कुलमानले भने,‘लोडसेडिङ भयो भन्ने हल्ला मात्र हो, छैन र अब हुँदैन’


६ पुष २०७४, बिहीबार
kulman

काठमाडौं : नेपाल बिद्युत प्राधिकरणले अहिले देशमा घोषित तथा अघोषित दुवै खालको लोडसेडिङ नभएको बताएको छ । केही दिनयता प्राविधिक कारणले फाट्टफुट्ट बत्ती गएको प्रति कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्तीमार्फत यस्तो जनाएको छ ।

kulman
उनले सामाजिक सञ्जालमा लोडसेडिङ भएको भनेर गरिएको गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । उनले अहिले कुनै पनि प्रकारको लोडसेडिङ नरहेको जानकारी दिदैँ अब नहुने पनि बताएका छन् । अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित र अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्राधिकरणका कार्कारी निर्देशक कुलमान घिसिङले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

विज्ञप्तीमा भनिएको छ , ‘विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेका छन्, घोषितरअघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ गरिएको छैन ।’ प्राविधिक समस्याका कारण कहिं कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको जानकारी दिएको छ ।

यसका साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सर्फमरको क्षमता बढाई समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको बताएका छन् ।

यस्तै प्राविधिकरणले माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ ।

विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ ।

यसबाहेक नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७