मोरङका निजी अस्पताले यसरी ठग्दैछ सर्वसाधरण


६ पुष २०७४, बिहीबार
Hospital Bed

पथरी, मोरङ : मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन्। नियमनकारी निकायले पर्याप्त चासो नदिँदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा शय्या शुुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गरे।

Hospital Bed

मोरङको नाम चलेको अस्पताल न्यूरो अस्पतालका अनुसार सामान्य शय्यामा एक दिन बिरामी राखेको ८०० देखि दुई हजारसम्म शुःल्क लिने गरेको छ । सो अस्पतालले सामान्य क्याबिनको तीन हजार, डिलक्सको चार हजार र आइसियुको दैनिक छ हजार श्यया शुल्क लिने गरेको छ ।

त्यस्तै, विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क एक हजार २५०, डिलक्स दुई हजार ७७५ र सुपर डिलक्सको नाममा तीन हजार ८८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै, आइसियुको छ हजार शुल्क लिने गरेको छ ।

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य शय्या एक हजार ५० देखि दुई हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा सात हजार शुल्क लिने गरेको छ । त्यस्तै, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क एक हजार, डिलक्स तीन हजार र आइसियुमा छ हजार बेड शुल्क लिने गरेको छ ।

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य शय्याको ३५० देखि एक हजार, आइसियु तीन हजार ५०० र एनआइसियुको चार हजार ५०० लिने गरेको छ । निजी अस्पतालले लिएको महँगो शुल्कले सर्वसाधारण हैरान छन् । विराटनगरका कुलदीप शर्माले भने, ‘अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त ?’
जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७