लोपोन्मुख नीलगाई मृत्त फेला


२४ भाद्र २०७६, मंगलवार
nil gai

महोत्तरी, २४ भदौं । महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज लोपोन्मुख जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो ।

इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो ।
सो नीलगाईलाई प्रहरी चौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७