शौच गर्न निस्किएकी महिला मृत्त फेला, हत्या भएको आशंका


२४ भाद्र २०७६, मंगलवार
death 1

कपिलवस्तु, २४ भदौं । कपिलवस्तुको बहादुरगञ्जमा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

कृष्णनगर नगरपालिका ८ बहादुरगञ्ज बस्ने २८ वर्षीया संगीता कलवार मंगलबार बिहान साढे तीन बजेतिर शौच गर्न घर बाहिर निस्किएको परिवारले जानकारी दिएको छ ।

उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । शवको पोष्टमार्टमका लागि शिवराज अस्पतालमा राखिएको छ । उनको घाँटीमा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्ज प्रहरी नायव निरीक्षक अभय राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७