सावित्राको निर्णायक गोलले नेपाल ‘नदेज्दा कप’ को फाइनलमा


२४ भाद्र २०७६, मंगलवार
sabitra

काठमाडौं, २४ भदौं । नेपालले ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

किर्गिस्तानको सेन्ट्रल रङ्गशालामा भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीले खेलको ८६ औं मिनेटमा हेडर गोल गरिन् । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । नेपालले ताजिकिस्तानलाई अघिकांश समय दबाबमा राखेको थियो ।

यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७