नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न दिइँदैन : आइजीपी खनाल


२४ भाद्र २०७६, मंगलवार
IGP Sarbendra khanal

काठमाडौं, २४ भदौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न नदिने बताएका छन् ।

उनले आपराधिक घटना नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम रहेको पनि दावी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधीहरुले नराख्दा हुने चेतावनी समेत उनले दिएका छन् ।

उनले विदेशी अपराधीहरु कानुनी दायरामा आउन मात्रै नेपाल आए हुने पनि स्पष्ट पारे । उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधीहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

मंगलबार नेपाल पुलिस क्लव परिसरमा एक भवनको शिलान्यास गर्दै उनले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दावी पनि गरे ।

प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाइन्छ भन्ने गलत सोच नराख्न पनि आग्रह गरेका छन् । उनले साईबर क्राइम नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७