वाणगंगा–७ की ऐश्वर्या बनिन् कपिलवस्तु डान्स आइडल


६ पुष २०७४, बिहीबार
aishawrya paudel

जितपुर (कपिलवस्तु ) : जिल्लाको वाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले साताैं  कपिलवस्तु डान्स आइडलको उपाधि जित्न सफल भएकी छिन् । aishawrya paudel
यही मंसिर २३ गतेदेखि जितपुर रंगशालामा जारी नवाैं कपिलवस्तु महोत्सवमा सञ्चालन भएको साताँै डान्स आइडल प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै उहाँ प्रथम हुन सफल हुनुभएको हो । उनले उपाधिसँगै नगद रु ५५ हजार ५५५ सहित आकर्षक पुुरस्कार प्राप्त गरिन् ।
बुधबार सम्पन्न आइडल प्रतियोगितामा द्धितीय स्थानमा आवर विज्डम बोडिङ स्कुलमा अध्ययनरत एलिसा सारुले नगद रु ३५ हजार ५५५ सहित आकर्षक पुरस्का पाइन् ।
यस्तै तृतीय स्थान मोतिपुर सामुदायिक विद्यालयमा अध्ययनरत मोनिका हमालले प्राप्त गरिन् । उनले पनि नगद रु २५ हजार ५५५ सहित आकर्षक पुरस्कार पाइन् ।

जिल्लाभित्र सर्वाधिक चर्चा बटुलेको डान्स आइडलको उपाधिलाई जिल्लावासीले महत्वका साथ हेर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७