नबिल बैंक तथा ईक्यानद्वारा बैंकिङ्ग सुविधाको सहमति


२४ भाद्र २०७६, मंगलवार
DSC 4527 w4bvHloSv0

काठमाडौं,२४ भदौ । नबिल बैंक तथा एजुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल ९ईक्यान० बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौतामा भएको छ ।


यस सहमति पश्चात नबिल बैंकले ईक्यान, ईक्यानसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।

यस सम्झौता अन्तर्गत बैंकले ईक्यान, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे ।

त्यसैगरी, ईक्यानको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले ईक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७