युरोकप छनोटमा धेरै गोल गर्ने कीर्तिमान रोनाल्डोलाई


२५ भाद्र २०७६, बुधबार
ronaldo

काठमाडौं, २५ भदौं । पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले युरो छनोटमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

युरोपियन च्याम्पियनसिपमा लिथुवानिया विरुद्धको खेलमा चार गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले युरो कप छनोटमा २५ गोल संख्या पुर्‍याएका छ । उनले रोबी कियनको यसअघिको २३ गोलको संख्यालाई पछि पारेका हुन् ।

आयरल्याण्डका रोबीले यसअघि यो रेकर्ड बनाएका हुन् । रोबीले ट्वीट गर्दै रोनाल्डोले अब रेकर्ड बनाउन बन्द गर्नुपर्ने भन्दै ठट्टा गरेका छन् । युरोपियन प्रतियोगितामा रोनाल्डोको यो आठौं ह्याट्रिक थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७