बलात्कारको आरोपमा नगरपालिकाका इन्जिनियर पक्राउ


२५ भाद्र २०७६, बुधबार
Rape for nayapage

बैतडी, २५ भदौं । बलात्कारको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् । मंगलबार साँझ मेलौली नगरपालिकाका २७ वर्षीय इन्जिनियर रोशन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमवार किशोरीलाई ललाईफकाई डडेल्धुरा लगि जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार अनुसन्धानका लागि पक्राउ गरेको र किशोरीको स्वास्थ्य परिक्षण भइरहेको छ । घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानको लागि डडेल्धुरा पठाउने तयारी छ ।

सब इन्जिनियर पढ्दै गरेकी किशोरी मेलौली नगरपालिकामा ओजेटी गर्दै आएकी बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७