सेक्सको लत के हो ? कसरी थाहा पाउने ?


६ पुष २०७४, बिहीबार
sex Nepali

२३ वर्षीया अमियाडा मिकलकलिन सधैँ आफूमा यौन उत्तेजना महसुस गर्छिन् । सन् २०१३ मा के थाहा पाइन् भने उनलाई पर्सिस्टेन्स जेनिटल अराउजल डिसअर्डर (पिजिएडी) नामक रोगबाट पीडित रहिछन् । कैयौँ वर्षसम्म अमियाडा र उनकी आमाले आखिर यस्तो किन हुन्छ भनेर बुझ्न सकेनन् किनभने कुनै पनि व्यक्ति हरबखत यौन उत्तेजनाबाट ग्रसित हुनु सजिलो कुरा पक्कै होइन । अमियाडाले बिबिसीसँग भनिन्, ‘१३–१४ वर्षको उमेरमा नै मैले सेक्स उत्तेजनाबाट ग्रसित हुन थालेकी थिएँ । कुनै कुनै बेला उत्तेजना हुनु त बरु राम्रै कुरा हो, हरबखत यही रोग हावि हुँदा भने मलाई बडो तनाव हुन्थ्यो । ठाउँ न कुठाउँमा यस्तो अनुभव गर्नु पक्कै पनि रमाइलो कुरा होइन ।’

sex Nepali
‘मलाई सधैँ सेक्सको आवश्यकता महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘मलाई अग्र्याजम चाहिन्थ्यो । १८वर्षको उमेरसम्म त आफूलाई अति असामान्य टिनएजरका रुपमा छु भन्ने थाहा पाइसकेकी थिएँ ।’ अमियाडाकी आमा भिक्टोरिया भन्छिन्, ‘छोरी यौनिक रुपमा अति सक्रिय रहेको निकै पहिले थाहा भइसकेको थियो । ऊ जतिबेला पनि सेक्स र सेक्ससम्बन्धी कुराप्रति उत्सुक हुने गर्थी ।’ अमियाडा भन्छिन्, ‘मानिसहरुलाई म सेक्सको लतको शिकार छु भन्ने लाग्थ्यो । हरेक दिन म आफैँसँग संघर्ष गरिरहेकी हुन्थेँ । मलाई सबै कुरा अनौठो लाग्थ्यो । म सोसल मिडियाबाट टाढै बस्थेँ र केही गर्न मन लाग्दैनथ्यो । हरबखत सेक्सका बारेमा मात्र सोच्थेँ ।’

यतिबेला भने अमियाडा र उनका ब्वाइफ्रेन्ड जोजो यस रोगबाट उम्कने बाटो खोजिरहेका छन् । दुवैको एक वर्षअघि भेट भएको थियो । त्यसबेलादेखि उनीहरुबीच सामीप्य मात्र बढेन, धेरैथोक पनि अघि बढ्यो । दुवै बिहे गर्ने सोचम पुगे भने मगनी पनि गरिहाले । आफ्नो समस्या उनले आफ्नो ब्वाइफ्रेन्ड जोजोलाई बताइन् । जोजोले पनि सहयोग गरे । ‘जोजोलाई मेरो समस्याबारे थाहा पाएपछि खासै दुःखी भएका छैनन्, उनले समस्याबाट निस्कनका लागि सहयोग गरिरहेका छन्,’ अमियाडा भन्छिन् । जोजोले उनलाई अस्पताल लैजान, सुई लगाउन र चाहिएका सबै किसिमको सहयोग गरिरहेका हुन्छन् ।

अमियाडाको उपचारमा संलग्न मिसिगन विश्वविद्यालयकी प्राध्यापक प्रियंका गुप्ताले उनको उपचारका लागि ३० वटा भिन्दाभिन्दै तरिका अपनाइरहेकी छन् ताकि अमियाडाको अवस्थामा सुधार आओस् । यस्तो रोग कसरी लाग्छ ? प्रियंका भन्छिन्, ‘यसको खास कारण कसैलाई पनि थाहा छैन । बरु अमियाडालाई उपचार गर्न कैयौँ थेरापीहरु दिइरहेकी छु । अवस्था सुधारोन्मुख छ ।’ यस रोगलाई छोटकरीमा पिजिएडी भनिन्छ । यसले मानिसलाई तनाव दिइरहन्छ । सुरुमा यसलाई बुझ्न निकै गाह्रो हुन्छ । कैयौँ पटक त सेक्सको अति चाहका कारण लज्जाबोध पनि झेल्नुपर्ने हुन्छ । कुनै निश्चित उमेरसमूहका व्यक्ति यसबाट पीडित हुन्छन् भनेर ठोकुवा गर्न सकिँदैन । जवान वा बूढा जोसुकै पनि यसको चपेटामा पर्न सक्छन् ।
कसरी चिन्ने ?
–    यौन उत्तेजनाको अवधि निकै लामो हुन्छ । यो घण्टामा मात्र सीमित हुँदैन, हप्तौँ र महिनौँसम्म उत्तेजना महसुस भइरहन्छ ।
–    यौन उत्तेजना एक या दुई पटकको सेक्सबाट पूरा हुँदैन ।
–    यसमा यौन उत्तेजना बिल्कुल अनियन्त्रित, अनुचित हुन्छ ।
–    पिजिएडीले यौन गतिविधिलाई सक्रिय मात्र बनाउने होइन कि अन्य किसिमका चिजले पनि उत्तेजनाको महसुस गराउँछ ।
–    यसबाट पीडित व्यक्तिले बढी नै तनाव महसुस गर्छन् ।
–    स रोगका मानिसहरु अवसादग्रस्त हुन्छन् । त्यो डिप्रेसन यति बढ्छ कि कसैले त आत्महत्या गर्नेबारे पनि सोच्छन् ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७