स्वास्थ्यमा भ्रष्टहरुको जगगजी


२५ भाद्र २०७६, बुधबार
health ministray

काठमाडौ, २५ भदौ :  भ्रष्ट कर्मचारीका कारण सरकारी संस्था कसरी पंगु बनाइन्छ भन्ने जान्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालाई हेरे पुग्छ । तीन बदनाम कर्मचारीका कारण मुलुककै पुरानो संस्था दलदलमा फस्दै गएको गुनासो बढ्न थालेको छ ।

भदौ बित्न लाग्दा पनि चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर प्रवेश परीक्षा शुरु हुन सकेको छैन । विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शैक्षिक थलो अहिले त्यहाँका डिन पीयूष दाहाल, रेक्टर डा. सुबोध अधिकारीहरूको बन्धक बन्न पुगेको छ । स्रोतका अनुसार यी दुई अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सुधारभन्दा डुबाउनतिर उन्मुख छन् । यी दुईको ज्यादती यति चुलिँदो छ कि सेवा आयोग नै खारेज गर्नतर्फ कम्मर कसेर लागिपरेका छन् ।

जबकि पाटन स्वास्थ्य विज्ञान, पोखरा स्वास्थ्य विज्ञान, धरान स्वास्थ्य विज्ञानजस्ता शैक्षिक संस्थाले आफैं सेवा आयोगलाई सक्रिय बनाएका छन् । आयोगले कर्मचारी तथा शिक्षक भर्ना बढुवा, शौक्षिक योग्यता रोक्ने काम गर्छ । न्याम्सको सेवा आयोग ऐनमा स्पष्टसँग स्थायी कर्मचारी भर्ना, बढुवा गर्ने अधिकार सेवा आयोगलाई तोकेको छ । तर, अहिले यी दुई सेवा आयोग नै खारेज गर्ने अग्रसर छन् । उनीहरू आफैँ रहनेगरी पदपूर्ति समिति बनाएर नजराना उठाउँदै अस्थायी, करार नियुक्ति दिने धन्दा चलाउन अग्रसर छन् । यही कारण त्यहाँ कार्यरत ६ सय न्याम्सका कर्मचारी र सयांै रेजिडेन्ट डाक्टरको भविष्यसमेत धरापमा परेको छ ।

स्मरण रहोस्, यी दुवै विगतमा बदनाम पात्र हुन् । डा. पीयूष तिनै पात्र हुन् जसलाई प्लास्टिक सर्जरीका लागि वीर अस्पतालमा आउने बिरामीको उपचार त्यहाँबाट नगरी कीर्तिपुर अस्पताल पठाउने गरेको आरोप लाग्ने गरेको छ ।

यस्तै रेक्टर डा. सुवोधमाथि तत्कालीन अख्यिार प्रमुख लोकमानसिंह कार्कीले काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गर्दा प्रवेश परीक्षाको प्रश्नपत्र बनाएर लोकमानकहाँ पु¥याएर अनियमिततामा सघाएको चार्ज लाग्दै आएको छ । उनी मेडिकल काउन्सिलमा रहँदासमेत यस्तै कर्मका कारण विवादमा तानिएका पात्र हुन् ।

उता वीर अस्पताल डुबाउन अहेव शोभा गौतमहरूको सक्रियता बढ्दो छ । लामो समयसम्म खरिद शाखामा बसेर तर मार्दै आएकी भगवती थपलिया (उर्मिला थपलियाकी भाउजू) त्यहाँबाट असोजमा अन्यत्रै शाखामा लखेटिँदै छिन् । उनी त्यहाँ हुँदा अस्पतालका टेण्डरहरू अस्पताल माफियाका रूपमा बदनाम धादिङे विशाल पण्डितहरूबाहेक अरूलाई ढिम्किनै दिइँदैनथ्यो । कतिसम्म भने वीर अस्पतालमा एक रुपैयाँमा अण्डा, चना, बिस्कुट, जिरा, धनिया, आटा खरिद हुने गरेको तथ्यसमेत प्रकाशमा आएको छ ।

कमिसन मोहकै कारण अहिले पनि वीर अस्पतालमा खरिद गरिएका अर्बाैंको उपकरण (टोमोथेरापी, न्युरो सिटी) थन्क्याइएको छन् । ती खरिदलाई महालेखा, सार्वजनिक खरिद अनुगमनको प्रतिवेदनले समेत बेरुजु र अनियमितता औंल्याएको छ ।

अहिले त्यही कमिसनको भागबन्डा नमिल्दा विदेशी नियोग जाइकाले बनाइदिएको सुविधासम्पन्न भवनसमेत सञ्चालनमा आउन सकेको छैन । केही समयपछि भत्काउने तयारी भइरहेको भवनमा लिफ्ट जडान गरिँदै छ । वीर अस्पतालमा भएका खरिदलाई महालेखा आयोगको प्रतिवेदन, सार्वजनिक खरिदको प्रतिवेदनले अनियमितता ठहर गरेको छ ।


यस्तै सतर्कता केन्द्रले कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिससमेत गरेको छ । उनीहरूउपर अख्तियार, प्रम कार्यालय, स्वास्थ्य मन्त्रालयसम्म दर्जनांै उजुरी दर्ज भएको छ । तर, यस्ता भ्रष्ट कर्मचारीउपर केही एक्सन लिइएको छैन । यता, किर्ते मेडिकल रिपोर्ट बनाउने धन्दामा संलग्न भएको भिटो लाग्दै आएको छ, अहेव शोभा गौतममाथि । उनकै कारण असहाय, गरिब र विपन्न बिरामीको अधिकार व्यापक कटौती गरिएको छ ।


स्मरणीय छ, यसअघि गौतम नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा कार्यरत रहँदा मापदण्ड नपुगेका कलेजलाई आर्थिक फाइदा लिएर मात्र कलेज (अहेव, अनमी,कलेज) नवीकरण गर्ने गरेकी थिइन् । नजरानाबिना नवीकरण नै नगर्ने गरेको बताइन्छ । अहिले फर्जी मेडिकल बोर्ड बनाउने प्रमुख हर्ताकर्ताका रूपमा उनी बदनाम छिन् ।
सामान्य प्रशासन सचिव यादव कोइराला र

सामान्यकै उपसचिव चन्द फुयाँलसम्मलाई दबाब र प्रभावमा पारी उनले वीर र ट्रमामा आफूनिकट उपसचिव, शाखा अधिकृत र नासुहरू सरुवा गरी वीरमा ल्याउन लागिपरेकी छन् । यी कर्मचारीको ज्यादती र अनियमितताउपर प्रम कार्यालय, स्वास्थ्य मन्त्रालय र अख्तियारमा उजुरीको चाङ लागेको खबर जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७