प्रधानमन्त्रीको मुटुमा राखिएको ‘क्याथेटर’ निकालियो


२५ भाद्र २०७६, बुधबार
pm kp oli
फाइल तस्बिर

काठमाडौं, २५ भदौं । सिङ्गापुरको उपचारका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको ‘क्याथेटर’ आज (बिहीबार) त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ ।

आज बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले ओलीको मुटुमा राखिएको क्याथेटर निकालिदिएका हुन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालिदिएको जानकारी दिएका छन् । उनका अनुसार ओलीलाई अरु थप उपचार गर्नु परेको छैन ।

क्याथेटर निकाल्न करीब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको उनले बताए ।

१० वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिङ्गापुरमा थप उपचार गराएर फर्किएका थिए । मृगौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो । त्यही बेला प्रधानमन्त्रीको मुटुमा ‘क्याथेटर’ राखिएको थियो ।

गत वर्ष कात्तिक महिनामा प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएरै मुटुको उपचार गराएका थिए । त्यसको फलोअपका लागि पनि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७