यौन शोषणका आरोपी बेलायती उपप्रधानमन्त्रीद्वारा राजीनामा


६ पुष २०७४, बिहीबार
British Duputy minister

लण्डन : महिला सहकर्मीमाथि यौन शोषण गरेको आरोप लागेका बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजिनामा दिएको घोषणा गरेका छन्। उनलाई अदालतले छानबिन पश्चात दोषी प्रमाणित गरेको थियो । उनीमाथि सन् २००८ देखि नै महिला सहकर्मीलाई यौन शोषण गरेको आरोप लागेको थियो । बिहीबार बेलायती प्रधानमन्त्री टेरिजा मेले उनको राजीनामा स्वीकृत गरेकी छिन्।

British Duputy minister

छानबिनका क्रममा ग्रिनले महिला सहकर्मीलाई अश्लील भिडियो पठाएको पाइएको थियो । उनले सन् २००८ देखि २०१५ सम्म उनकी महिला सहकर्मीमाथि यौन शोषण गरेको खुलासा समेत भएको छ। अमेरिकाको द न्युयोर्क टाइम्सले हलिउड फिल्म निर्माता हार्वी वाइन्टिनले थुप्रै नायिका एवं महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको समाचार प्रकाशित गरेपछि पछिल्लो समयमा यौन दुर्व्यवहार गरेको आरोप खेप्ने सार्वजनिक व्यक्तित्वहरूको संख्या बढ्दै गएको छ।

ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिन्ने उपप्रधानमन्त्री डेमियनले दिएको राजिनामापछि यहाँको राजिनीतिमा फेरि अर्को एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ । उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टरिजा मेका एक निकटस्थ राजनीतिज्ञ हुन् । उनीहरुको मित्रता अक्सफोर्ड विश्वाविद्यालयमा सँगै अध्ययन गर्दादखि नै रहेको बताइन्छ ।

यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउनेलगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहेका छिन् । यसैबीचमा उनको राजिनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७