सुनको मूल्य स्थिर


२५ भाद्र २०७६, बुधबार
gold

काठमाडौं, २५ भदौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ । मंगलबार चाँदी ८७० मा कारोबार भएको थियो । केहि महिनायता सुनको मूल्य उच्च हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७