चिनियाँ चलचित्र महोत्सव काठमाडौंमा हुने


२५ भाद्र २०७६, बुधबार
Go away mr. tumor

काठमाडौं, २५ भदौ । हरेक वर्ष नियमित रुपमा हुँदै आइरहेको चिनियाँ चलचित्र महोत्सव आगामी २०७६ भाद्र ३१ देखि असोज २ गते सम्म आयोजना हुने भएको छ । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा महोत्सव हुने भएको हो । महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यसपालि ६ वटा चिनियाँ चलचित्र प्रदर्शन गरिने भएको वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी गराए । रिमालका अनुसार महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्डमास्टर ’, दाँते लाम निर्देशित ‘ अपरेसन मेकङ ’, जँ ज्याक्युज अनौद निर्देशित ‘ वुल्फ टोटेम ’, लेस्त चेन निर्देशित ‘ ब्याटल अफ मेमोरिज ’, हान यान निर्देशित ‘ गो अवे मिस्टर ट्युमर ’ र हाइ चोङ निर्देशित ‘ रनिङ लाईक विन्ड ’ प्रदर्शन गरिनेछ ।

हरेक दिन २ वटा चलचित्र प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निशुल्क हुने र पासका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ ।

महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम पनि राखिएको वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले बताए ।

भन्छन्– ‘यो अन्तरसंवादले नेपाली चलचित्रकर्मीहरुलाई चिनियाँ कला र चलचित्रको बारेमा बुझ्न सजिलो हुने र चलचित्रका माध्यमबाट दुई देशबीचको नागरिकहरुलाई एकआपसको संस्कृतिको बारेमा जानकार भई सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्ने छ ।’

महोत्सवमा प्रर्दशन हुने फिल्महरू

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७