पृथ्वीनारायणको एकता अभियानपछि ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा : प्रचण्ड


६ पुष २०७४, बिहीबार
Puspa Kamal Dhal parchanda

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहपछि आफ्नो नेतृत्वमा नेपालमा ठूलो आन्दोलन भएको बताएका छन् । आफ्नो नेतृत्वमा देशमा भएको १० वर्षे जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रिया पृथ्वीनारायणको एकता अभियानपछिको ठुलो आन्दोलन भएको प्रचण्डको जिकिर छ ।

prachand 2

 

विहिबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा गरेको कार्यक्रममा प्रचण्डले पृथ्वीनारायणले नेपालकै इतिहासमा सबैभन्दा ठुलो आन्दोलन चलाएको त्यसपछि आफूले चलाएको बताए । ‘एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्र प्राप्त हुन्छ, मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणी छु,’ प्रचण्डले भने, ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा भयो, त्यसले गणतन्त्र संघीयता र नयाँ संविधान दियो, मेरै नेतृत्वमा शान्ति सम्झौता भयो, युद्द र शान्ति दुबैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए। संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेलें। अब नेपालको स्थीरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ। त्यो जिम्मेवारी पनि म पूरा गर्छु।’

प्रचण्डले नेपाल र नेपालीप्रति ऋणि रहेको पनि उल्लेख गरे । ‘एकै व्यक्तिलाई यति धेरै अवसर कमैलाई मात्र प्राप्त हुन्छ। मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु।’

प्रचण्डले संविधान निर्माण र कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका खेलेको बताउँदै अब नेपालमा स्थिरता र विकास हुने जिकिर गरे । ‘अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ’, उनले भने, ‘त्यो जिम्मेवारी पनि म पूरा गर्छु।’

प्रचण्डले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन्। भने, ‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्, हाम्रो दायित्व देशमा स्थीरता र विकासको सपना साकार पार्नु हो, जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७