बलिउड स्टार उर्मिलाले छोडिन् भारतीय कांग्रेस


२५ भाद्र २०७६, बुधबार
Urmila Matondkar resigns from Congress

दिल्ली, २५ भदौ :  चर्चित बलिउड स्टार उर्मिला मातोंडकरले भारतीय कांग्रेस पार्टीबाट राजीनामा दिएकी छिन्। राजनीतिक र सामाजिक क्षेत्रमा विशाल लक्ष्य हासिल गर्ने रहेको र कांग्रेसमा बसिरहन उचित नलागेकाले राजीनामा दिएको उनले बताएका छिन्।

‘मुम्बई कांग्रेसमा भइरहेको गुटगत प्रवृतिले आजित भएकैले राजीनामा दिएकी हुँ,’ उर्मिलाले भारतीय सञ्चारमाध्यमसँग भनेकी छिन्।उनले बुझाएको ९ पृष्ठको राजीनामा पत्रमा नेतृत्वले सुझबुझ देखाउन नसक्दा कार्यकर्तामा निराशा आएको उल्लेख गरेकी छिन्।

उर्मिला गएको मार्चमा कांग्रेस प्रवेश गरेकी थिइन्। मुम्बई उत्तर लोकसभा सीटबाट कांग्रेस उम्मेदवार रहेकी उर्मिला भाजपा नेता गोपाल शेट्टीसँग पराजित भएकी थिइन्।

सन् १९७४ मा जन्मिएकी उर्मिला एक सफल नायिकाको रुपमा परिचित छिन्। पहिलो पटक बाल कलाकारको रुपमा चलचित्र कलयुग १९८० मा अभिनय गरेकी उनी सन् १९९१ देखि ठूलो पर्दामा नायिकाकै भूमिकामा काम गर्दै आएकी थिइन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७