एनआरएनए केन्यामा सुरज डुम्रे 


२५ भाद्र २०७६, बुधबार
kenya nrn

काठमाडौं, २५ भदौ ।  गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, केन्याको चौथो राष्ट्रिय महाधिवेशनले सुरज डुम्रे अध्यक्ष चयन भएको छन् । उनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्ष शिव लाल, महासचिव टीका धिताल, सचिव लक्ष्मी ब्लोन, कोषाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, महिला संयोजक कुमारी जिसी, युवा संयोजक कमलराज अधिकारी चयन भएका छन् ।

 

सदस्यहरु डा। सीताराम घिमिरे, इन्जिनियर बरुण शुवाल, मनोज बस्नेत, रवी जैन, भगवती तामाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे रहेका मुख्य निर्वाचन अधिकृत नारायण भट्टाराईले बताए । संरक्षक ईन्जिनियर कुलबहादुर कार्की, नारायण भट्टराई र उदय हाडा छन् ।

 

सल्लाहकार समितिमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरे चयन भएका छन् । केन्यामा झन्डै ५ सय नेपाली कार्यरत छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७