एनआईसी एसियाको एक्स्टेसन काउण्टर र एटिएम मेसिन अदालत परिसरमा राखिने


२५ भाद्र २०७६, बुधबार
nic

काठमाडौं, २५ भदौ । एनआईसी एसिया बैंक र ललितपुर महानगरपालिका बीच ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ।


सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार श्री नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका छन्।


ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७