‘इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउऔँ’


२५ भाद्र २०७६, बुधबार
bidya sundar sakya

काठमाडौं, २५ भदौ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह गरेको छ ।
महानगरपालिकाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी आठ दिनसम्म मनाइने इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सबैसँग आग्रह हो ।

इन्द्रजात्राको अवलोकनका लागि यस वर्ष विभिन्न पाँच शहरका मेयरसहित ४८ जना भन्दा बढी विदेशी आउने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

उनीहरुलाई जात्रा अवलोकनसहित चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथलगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको अवलोकन गराइने छ ।

इन्द्रजात्रालाई भव्य रुपमा मनाउनका लागि इन्द्रजात्रा व्यवस्थापन समिति गठन गरिएको छ भने स्थानीय संघ, संस्था र क्लबसँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको मेयर शाक्यले जानकारी दिए ।

 

जात्राका अवसरमा कुमारी घरमा पुगेर कुमारी अवलोकन गर्ने र विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरीने छ ।

श्रीकुमारी, श्रीगणेश, श्रीभैरवको रथयात्रा, लाखेनाँच, आकाश भैरवनाँच, महाकालिन नाँचलगायतकका नृत्य प्रस्तृुत गरिने छ ।जात्राको अन्तिम दिन कुमारी घरमा पुगेर राष्ट्र प्रमुखले कुमारीको हातबाट टीका ग्रहण गर्ने चलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७