मलेसिया खुलाउने छलफल सकियो, निर्णय शुक्रबार


२६ भाद्र २०७६, बिहीबार
malesiya 3

काठमाडौं, २६ भदौं । करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः शुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ ।

मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकमा नेपाली कामदार पठाउन शुरु गर्नेबारे छलफल भएको हो । यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए ।

‘वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं । केही विषयमा सहमति नजिक पुगेका छौं ।’, बैठकमा नेपाली टोलीको नेतृत्व गरेका श्रममन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने, ‘ शुक्रबार निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौं ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७