किर्गीस्तानमा जारी महिला फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै


२६ भाद्र २०७६, बिहीबार

काठमाडौं, २६ भदौं । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान भिड्दै छन् ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे शुरु हुनेछ । नेपाल पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ ।

समूह चरणमा उज्वेकिस्तानसँग २–० ले हारेको नेपाललाई आज सोही हारको बदला लिने अवसर समेत छ । तर महिला फुटबलको फिफा वरियतामा ४४ औ स्थानमा रहेको उज्वेकिस्तान विरुद्धको खेल १०१ औ स्थानमा रहेको नेपालका लागि कठिन हुनेछ ।

फिफा बरियता नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागी गराएर नादेझ्दा कप महिला फसटबल प्रतियोगिता आयोजना गरेको हो ।

राउण्ड रोविन लिगको आधारमा खेलाईएको प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्न लागेका हुन् । नेपालले समूह चरणमा आयोजक किर्गीस्तानलाई ८–२ ले तथा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

उज्वेकिस्ताननले भने समूहका तीन वटै खेल जितेको थियो । नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली महिला फुटबल टोली किर्गीस्तान पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७