नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते, २६ पदाधिकारी चुनावमा होमिंदै


२६ भाद्र २०७६, बिहीबार
olympic

काठमाडौं, २६ भदौं । नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने भएको छ । यसअघि २० गते हुने भनिएको चुनाव अदालतको आदेशका कारण स्थगित भएको थियो । चुनाव सातदोबाटोमा रहेको कमिटीको कार्यालयमा बिहान आठ बजे शुरु हुनेछ ।

यसअघि चुनाव स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको थियो ।

यसअघि उक्त रिटमा भदौ १९ गते भएको सुनुवाईमा सर्वोच्चले चुनाव स्थगित गरी दुवै पक्षलाई २२ गतेका लागि छलफलमा बोलाएको थियो । सर्वोच्चको आदेशपछि भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको चुनाव स्थगित भएको थियो । आइतबार रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुबै पक्षको कुरा सुनेपछि सर्वोच्चले चुनाव रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको चुनावका लागि नयाँ मिति तोकिएको हो । यसपटकको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिष्पर्धामा रहेका छन् । कूल २७ भोटमा २६ जना पदाधिकारी चुनावमा होमिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७