क्यारिबियन लिगमा सन्दिप बने ‘प्लेयर अफ म्याच’


२६ भाद्र २०७६, बिहीबार
sandeep5

काठमाडौं, २६ भदौं । क्यारिबियन लिगमा खेलिरहेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बारबाडोस ट्रिडेन्ट्सका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ३ विकेट लिंदै आफ्नो टोलीलाई जित तर्फ अग्रसर गराएका हुन्। उनी प्लेयर अफ दि म्याच घोषित भएका हुन् ।

सन्दिपले ४ ओभरमा २२ रन खर्चिंदै ३ विकेट लिएका हुन् । उनले सेन्ट किट्स एण्ड नेविस पेट्रोईट्सका कप्तान कार्लोस ब्राथवेट, शामर ब्रुक्स र लाउरी ईभान्सको विकेट लिएका हुन् । उक्त टोलीका तीन प्रमुख ब्याट्सम्यानहरुको विकेट लिन सन्दिप सफल भएका हुन् ।

सन्दिपको उक्त प्रदर्शनले बारबाडोसले पेट्रोईट्सलाई १८ रनले पराजित गरेको हो । पेट्रोईट्स २० ओभरमा १ सय ६९ रनमा समेटिएको थियो । बारबाडोसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ८६ रन बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७