गायिका दुलालद्वारा क्यान्सर पीडितलाई ३० हजार सहयोग, सबैलाई सहयोग गर्न गरिन आग्रह


२६ भाद्र २०७६, बिहीबार
sunita dulal

काठमाडौं, २६ भदौ । गायिका सुनिता दुलालले ब्लड क्यान्स पीडितलाई ३० हजार रुपैयाँ सहयोग गरेकी छिन् । ब्लड क्यान्सरको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको सिन्धुपाल्चोक सांगाचोकगडी निबासी हरि बहादुर पौडेललाई सहयोग गरेको बताएकी हुन् ।

उनले आफनो व्यक्तिगत तर्फ ३० हजार, कुमार थापा र बद्री केसिको पहलमा ३५००० गरी जम्मा ६५ हजार सहयोग गरेकी बताइन् ।

उनले पीडित परिवारको आर्थिक स्थिति निकै कमजोर भएकोले थप उपचार गर्न धेरै नै गाह्रो भएकाले सबैलाई सहयोग गर्न समेत अनुरोध गरेकी छिन् । ‘ पीडित पौडेलकाे आर्थिक स्थिति निकै कमजोर भएकोले थप उपचार गर्न धेरै गाह्रो छ, कृपया सम्पूर्ण सहयोगी मनहरूलाई सहयोग गर्न हुन हार्दिक अनुरोध गर्दछु ।’ उनले भनेकी छिन्,‘उहाँको सानी छोरी र उहाँको परिवारमा तपाई हाम्रो सानों हयोगले खुसी फर्कन्छ भने किन नगर्ने ? सहयोग नै धर्म हो । ’


उनको बोन म्यारो नै चेन्ज गर्न पर्ने भएकोले धेरै सहयोगको जरूरी भएको समेत बताएकी छिन् । सन्दीप पौडले नाममा रहेको प्रभु बैंकको खाता ००११०२००७०५७६०००००००१ मा सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७