रौतहटमा झडप, प्रहरीद्वारा ३० राउण्ठ हवाइ फायर र अश्रुग्याँस प्रहार


२६ भाद्र २०७६, बिहीबार
jhadap

रौतहट, २६ भदौं । रौतहटमा मुस्लिम समुदायले गाडेको झण्डा निकालेको विवादले उग्ररुप लिंदा अवस्था झडपमा परिणत भएको छ ।

रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण भएको हो । प्रहरीले झपडलाई नियन्त्रणमा लिन ठूलो संख्यामा अश्रुग्याँस प्रहार र हवाइफायर गरेको छ । स्थानीयको झडप नियन्त्रण बाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजेति ३० राउण्ड हवाइफायर र २८ सेल बढी अश्रुग्याँस हानेको प्रहरीले जानकारी गराएका छ ।

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुङ्गामुढा समेत गरिएको जनाइएको छ ।

झडपका कारण कुडियाबजार क्षेत्र तनावग्रस्त बनेको छ । त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कुडियाबजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ ।

बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद शुरु भएको जनाइएको छ । श्री सप्ताह मूर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद शुरु भएको हो । यसै विषयमा बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्याँस हानेको थियो ।

विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार विहान मुस्लिम अगुवाहरुसँग छलफल गरेको थियो । मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । सोही झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस हान्नु परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७