यसरी हुने भयो युवाको एकता


२६ भाद्र २०७६, बिहीबार
youa

काठमाडौं, २६ भदौं । तत्कालीन वाइसिएल नेपाल र युवा सङ्घ नेपालबीचको एकता अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ ।

सङ्घको बुधबार बसेको बैठकले साविक युवा सङ्घ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । बैठकले चार जना सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रीय समितिको एक तिहाइले हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसिएल नेपालबाट ५२ र युवा सङ्घ नेपालबाट ५७ सदस्य चयन गर्ने सहमति भएको छ । बैठकले केन्द्रीय कार्यालयको नौ सदस्यका लागि साविक युवा सङ्घ नेपालबाट पाँच र वाइसिएलबाट चार सदस्य गर्ने निर्णय गरेको छ ।

बैठकले सङ्गठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने टुङ्गो लगाएको छ । सङ्घको प्रस्तावित मस्यौदा विधान बैठकले पारित गरेको छ । सात प्रदेशमध्ये तीनमा वाइसिएल र चारमा युवा सङ्घले सङ्गठनको नेतृत्व गर्नेगरी नेतृत्वको विषयलाई टुङ्ग्याइएको छ ।

त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा सङ्घ र ३५ जिल्लामा वाइसिएलले सङ्गठनात्मक जिम्मेवारी लिनेछ । शुक्रबार पेरिसडाँडामा केन्द्रीय कार्यालयको उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७