प्रेमिकाको कुटेर हत्या, सास गएपछि गाई गोठमा छाडेर फरार


२६ भाद्र २०७६, बिहीबार
hatya 1 2

झापा, २६ भदौं । ‘मायाले जीवन मात्र दिंदैन, जीवन पनि लिन्छ’ । यस्तै घटना झापामा घटेको छ । झापाकी एक ३५ वर्षीया महिलालाई उनकै प्रेमीले कुटेर हत्या गरेका छन् । प्रेमिकालाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका–६ दामुनाका ४५ वर्षीय पुण्य चुँडाललाई भदौ २५ गते पक्राउ गरेको छ ।

गत भदौ २१ गते आफूसँगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमिकालाई कुटपिट पछि छोडेर हिंडेको र उनको उपचारका क्रममा भदौ २२ गते कोशी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।

कुटपिटपछि रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको गाई गोठमा महिलालाई छोडेर चुँडाल भागेका थिए । शरीरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोशी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिनायता रतुवामाई नगरपालिका– ६ मा बस्दै आएको मोरङ प्रहरीका प्रबक्ता श्रेष्ठले बताए । चुँडाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
शवको परीक्षण कोशी अञ्चल अस्पतालमै गरिए पनि जिम्मा लिने कोही नभएका कारण शव गृहमा राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७