न्यायाधीशका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ


२६ भाद्र २०७६, बिहीबार
pakrau 1

सिरहा, २६ भदौं । जिल्ला अदालत सिरहाका एक न्यायाधीशका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ परेक छन् ।

सवारी चालक वृजमोहन यादवलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव इजलास–३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन् ।

आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाई दिने भन्दै पीडितसँग रकम माग गरेको पाइएको घिमिरेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७