एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा


२६ भाद्र २०७६, बिहीबार
PHOTO 2019 09 12 17 33 37

काठमाडौं, २६ भदौं । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ ।
बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा यही भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेको हो ।
पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको हो । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७