सहकारी अभियानले परनिर्भर महिला उद्यमी भए: मन्त्री अर्याल


२६ भाद्र २०७६, बिहीबार
Padma Aryal 75ZTb4D2Zd

काभ्रे,२६ भदौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले महिलालाई अगाडि बढाउन महत्वपुर्ण भूमिका खेलेको बताएकी छन् ।


जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस)काभ्रेपलान्चोकको ५२ औं स्थापना दिवस तथा ३८ औं वार्षिक साधारणसभालाई विहिबार बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलालाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियानको प्रसंशा गरिन्।

सहकारी अभियानले गाउँगाउँमा जागरण ल्याउन ठूलो योगदान दिएको छ । अझ महिलाहरूलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको छु, मन्त्री अर्यालले भनिन्, ‘हिजो परनिर्भर बनेका महिलाहरु आज सहकारीका माध्यमबाट सामाजिक र आर्थिक विकास गर्दै उद्यमी बनेका छन् ।’

मन्त्री अर्यालले अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने दाबी गरिन् ।

राज्यले संविधानमा नै आर्थिक विकासको तिन खम्बे अर्थनीतिमा सहकारीलाई उल्लेख गरेको भन्दै सहकारी क्षेत्रमार्फत सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न योगदान दिनुपर्ने मन्त्री अर्यालले बताइन् ।

सहकारी क्षेत्रहरू अब उत्पादनमा लाग्नुपर्ने भन्दै उनले बढी भन्दा बढी सहकारीलाई ब्यवसायिक बनाउने, उत्पादनमा लगाउनेतर्फ लाग्न जोड दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७