विकासमा राजनीति गर्नु हुँदैन : मन्त्री राई


२७ भाद्र २०७६, शुक्रबार
mohammad istiak rai mantri

नेपालगञ्ज, २७ भदौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताएका छन् ।

नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भने, ‘विकासमा सबैको एक हात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौंला ।’

उनले विकासमै राजनीति गर्न लागियो भने हामी कही पुग्दैनौं भन्दै बाँके जिल्लाको विकासमा आफ्नो मन्त्रालयबाट हुन सक्ने सबै प्रयास गर्ने बताए । उनले ‘म नेपालगञ्ज निवासी भए पनि मेरो भूमिका मुलुकभरिका लागि हो’ भन्दै आवश्यकताका आधारमा आफूले सबै जिल्लालाई न्याय गर्दै जाने विश्वास दिलाए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश ५ का प्रदेशसभा सदस्द्वयय आइपी खरेल र विजय यादव, मन्त्रालयका सचिव मधुसुदन अधिकारी, आयोजना प्रमुख सुभाष बस्नेत लगायतले बोलेका थिए । एशियाली विकास बैंकको सहयोगमा रु ३८ करोड ९३ लाख ४२ हजारको लागतमा सो डम्पिङ साइटको निर्माण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७