‘तक्मे बुढा’ले सहपाठी नै गरे विवाह, ६ महिनापछि श्रीमती सार्वजनिक


२७ भाद्र २०७६, शुक्रबार
takme buda

काठमाडौं, २७ भदौ । ‘तक्मे बुढा’को उपनामले लोकप्रिय कलाकार विल्सन विक्रम राईले श्रीमती सार्वजनिक गरेका छन् । उनले विवाह गरेको ६ महिनापछि मात्र श्रीमती सार्वजनिक गरेका हुन् ।


गत फागुनमै विवाह गरे पनि विल्सनले भदौको तेस्रो सातामा आएर आफ्नो विवाह भएको औपचारिक घोषणा गरेको समाचार आजको कान्तिपुर साप्ताहिकले छापेको छ ।


राईले स्कुलदेखिका सहपाठी झापाकी सरिना लामासँग परंपरागत विवाह गरेका हुन् । झापामा सरिनाले भुटानी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको एउटा प्रोजेक्टमा काम गरेकी छन् ।


विवाह गरेको कुरा लुकाउनु पर्ने कारणसमेत उनले स्पष्ट पारेका छन् । उनका अनुसार आफ्नो विवाहको कुरा लुकाउन चाहेका थिएनन तर दुलही पक्षले विभिन्न कारणले विवाहको कुरा सार्वजनिक गर्न नचाहेपछि उनीहरुले विवाहलाई लुकाएजस्तै भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७