आयोजक फारवेष्ट पशुपति फाईनलमा


६ पुष २०७४, बिहीबार
sports 2

धनगढी: ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरीया भिड्ने भएका छन ।sports 2
धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाईनलमा फराकिलो जित दर्ता गर्दै आयोजक फारवेष्ट पशुपतिले फाईनलमा पिएफए अत्तरीयासँगको भेट पक्का गरेको हो । पिएफए अत्तरीया यसअघि नै सुदुरपश्चिम–११ स्पोर्टस क्लवलाई १–० ले हराउँदै फाईनल पुगिसकेको छ । उपाधिका लागि शनिवार धनगढी रंगशालामा पिएफए अत्तरीया र आयोजक फारवेष्ट पशुपति युवा क्लव विच प्रतिस्पर्धा हुने आयोजक फारवेष्ट पशुपति युवा क्लवका सचिव ललीत मिश्रले जानकारी दिए ।

धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाईनलमा विदेशी खेलाडी सेगुनको दोहोर ह्याट्रिकको मदत्तले आयोजक फारवेष्ट पशुपति न्यु वुद्ध युवा क्लव फुलवारीलाई ८–१ को फराकिलो जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो । सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा न्यु वुद्धले समालिन नसकेपछि हराकिलो हार व्यहोरेको हो ।
निकै रोमाञ्चक रहेको पहिलो हाफको १४ औं मिनेटमा न्यु वुद्धका लक्ष्मण शाहीले पहिलो गोल गर्दै अग्रता दिलाए । तर त्यो अग्रतालाई फारवेष्टले ३ मिनेट पनि टिक्न दिएन । पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी सेगुनले गोल गर्दै खेललाई वरावरीमा पुराए । फारवेष्टकै रोशन खत्रीले ४३ औं मिनेटमा दोस्रो गोल गर्दै आफ्नो टीमलाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफको अन्तिम समयमा विपक्षी टीमले अग्रता कायम गरेपछि टीम सम्हालिन सकेन र दोस्रो हाफमा न्यु वुद्धले थप ६ गोद खायो । दोस्रो हाफको ४४ औं मिनेटमा महेश चन्दले तेस्रो गोल गर्दै ३–१ को अन्तर वनाए । त्यसपछिका लगातार ५ गोल गर्दै सेगुनले दोहोरो ह्याट्रिक पुरा गरे । उनले दोस्रो हाफको ६३, ६७, ७७, ८३ र ८७ औं मिनेटमा गोल गरेका हुन । उनी नै म्यान अफ द म्याच भए ।
पहिलो पटक धनगढीमा फुटवल प्रतियोगिता खेल्न पाएका सेगुनले खुशी व्यक्त गर्दै दर्शकहरुको साथ अन्य खेलाडीहरुको तालमेल मिलेका कारणले राम्रो खेल्न सकेको वताउँदै फाईनलमा पनि उपाधि जित्ने गरी प्रदर्शन गर्ने वताए । सेगुन केही वर्षदेखि काठमाण्डौका विभिन्न ए डिभिजन क्लवमा आवद्ध भएर नेपालमा व्यवसायिक फुटवल खेल्दै आएका छन ।
जितपछि प्रतिक्रिया दिदै फारवेष्ट पशुपति युवा क्लवका प्रशिक्षक हरि वोहोराले सुरुमा तालमेल नमिलेका कारण गोल आए पनि खेलमा फर्किदै सहज जित दर्ता गरेको वताए । रक्षपंतीका खेलाडी संन्दिप कुवर घाईते भएपछि हामीलाई समस्या आएको छ उनले भने–फाईनलमा अझ राम्रो खेलेर उपाधि जित्ने दाउ रहेको छ । न्यु वुद्ध युवा क्लव फुलवारीका प्रशिक्षक महेश गोलेले अग्रता कायम गर्न नसक्दा गोल खाएपछि मनोवल खस्किएको र विदेशी खेलाडी राम्रो खेल्छन भन्ने मनोविज्ञानले आफ्ना खेलाडीले राम्रो खेल्न नसकेको वताए । पहिलो हाफमा राम्रो खेले तर गोल खाएपछि पुरै टीम नै तहसनतहस भयो उनले भने– त्यसकै असरले दोस्रो हाफमा नसोचेको गोल खानु पर्‍यो ।
मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गते शनिवार सकिनेछ । झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले नगद तीन लाख र उपविजेताले नगद डेढ लाख प्राप्त गर्नेछन । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०÷१० हजारका दरले नगद पुरस्कार पाउनेछन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७