रुकुममा खोलाले जीप बगायो, फसेका चालकको उद्धार


२७ भाद्र २०७६, शुक्रबार
jeep flowed

रुकुम पश्चिम, २७ भदौं । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ र २ को सीमानामा पर्ने पुमाखोलामा फसेका चालकको सकुशल उद्धार गरिएको छ ।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराबाट रूकुम पश्चिमको मुसीकोट आउँदै गरेको लु १ ज ४११५ नम्बरको जीप पुमाखोलाले बगाउँदा चालक जीपमा नै फसेका थिए ।

खोलाले बगाउँदै गरेको जीपबाट चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिएका छन् । रुकुम पूर्व सिस्ने गाउँपालिका– ३ बस्ने २५ वर्षीय चालक सुनिल बिकको उद्धार गरिएको हो ।

यात्रुहरुलाई छोडेर मुसीकोेटतर्फ फर्कने क्रममा बिहीबार राति ८ बजेतिर जीपलाई खोलाले बगाएको थियो । जीपमै फसेका चालकको रातभरको प्रयासपछि शुक्रबार बिहान प्रहरी र स्थानीयले उद्धार गरेका हुन् । पुमाखोलामा पुल नहुँदा वर्षायाममा यात्रु तथा यातायातका साधन जोखिम मोल्न बाध्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७