सुनको भाउमा गिरावट, तीजको सुन लगाउने धोको दशैंमा पूरा गर्दै


२७ भाद्र २०७६, शुक्रबार
gold

काठमाडौं, २७ भदौं । सुनको भाउमा विस्तारै गिरावट आउन थालेको छ । निरन्तरको वृद्धिपछि भाउ नयाँ उचाईमा पुगेको थियो । यसै क्रममा शुक्रबार सुन तोलाको २ सय रुपैयाँ सस्तो भएको छ ।

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ बढेपछि बजारमा कारोबार नै ठप्पप्रायः भएको थियो ।

यस पटकको तीजमा सुनको भाउ आकाशिएपछि धेरै महिलाहरुको सुन लगाउने धोको पूरा हुन सकेन । तर, सुनको भाउ केहि दिनयता ओरालो लाग्न थालेपछि आउँदो दशैंमा भए पनि सुन लगाउन पाइन्छ कि भन्ने आशा महिला उपभोक्तामा जागेको छ ।

सुनको भाउ केहि ओरालो लाग्न थालेपछि सुन व्यवसायीहरुको पसलमा ग्राहकहरु देखिन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७