बल्खुमा इसुजु शोरुम खुल्यो


२७ भाद्र २०७६, शुक्रबार
1568369651IMG 20190913 WA0001

काठमाडौं,२७ भदौ । राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको शोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष सुहृदराज घिमिरेले शुक्रबार एक समारोहबीच उक्त सोरुम उद्घाटन गरेका हुन् ।


काठमाडौं उपत्यकाका लागि इसुजु गाडीको एक्सक्लुसिभ डिलर टाइम्स मोटर प्रालिले उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले इसुजुका ग्राहकलाई प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको जानकारी गराए। सन् २०१६ यता कम्पनीले हजारभन्दा बढी गाडी बेचिसके पनि अहिलेसम्म एउटै ग्राहक समस्याको गुनासो लिएर नआएको बताए । कम्पनीले १० हजारसम्म गाडी बेच्ने लक्ष्य राखेको र त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने बताए ।

उक्त सोरुममा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस२।५ र जिप भेरिएन्टको एसयुभी गाडी छन् । मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको प्रबन्ध निर्देशक गिरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७