सेञ्चुरी कमर्सियल बैंकद्धारा दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई सहयोग


२७ भाद्र २०७६, शुक्रबार
Century Bank 1

काठमाडौँ, २७ भदौं । सेञ्चुरी कमर्सियल बैंकले दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई सहयोग गरेको छ । बैंकले महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७