कराते तथा किक-बक्सिङ प्रतियोगिता शनिबार देखी


६ पुष २०७४, बिहीबार
kaqrate
BAKU, AZERBAIJAN – JUNE 14: Irina Zaretska of Azerbaijan (blue) competes with Masa Martinovic of Croatia (red) in the Women’s Karate Kumite +68kg gold medal match during day two of the Baku 2015 European Games at Crystal Hall on June 14, 2015 in Baku, Azerbaijan. (Photo by Michael Steele/Getty Images for BEGOC)

काठमाडौं: नेपाल सितोरियो कराते डो संघ, नव शान्ति शाखा डोजोको आयोजनामा १५ औं इन्डो-नेपाल कराते तथा किक बक्सिङ प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा नेपालबाट २०५ पुरुष र ७६ महिला गरी जम्मा २ सय ८१ खेलाडीको सहभागिता रहने डोजो प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् । भारतबाट ३० खेलाडीले भाग लिने छन् ।
जम्मा ३० स्पर्धामा भिडन्त हुनेछ । करातेतर्फ पुरुषमा १४ र महिलामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । किक बक्सिङको पुरुष÷महिलामा क्रमशः ४ र २ स्पर्धा समावेश छन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख २५ हजार खर्च हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु मनमैजुमा हुनेछ । विगतका चौध वटै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७