भारतीय प्रधानमन्त्री मोदीद्धारा केपी ओलीलाई भारत भ्रमणको निम्तो


६ पुष २०७४, बिहीबार
KP oli and Narendra Modi

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिदै सरकार भारत भ्रमणको निम्तो दिएका छन् । आज भएको टेलीफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई सरकार गठनपछि भारत भ्रमणमा आउन निम्तो दिएका हुन् ।

KP oli and Narendra Modi

निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिएको एमाले नेता प्रदिप ज्ञवालीले बताए । मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गरेका थिए ।

मोदीले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गरेका छन् । एमाले नेता प्रदिप ज्ञवालीका अनुसार, मोदीले ओलीलाई स्वागत गर्न आतुर रहेको बताएका थिए । उनले नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको पनि बताएका थिए ।

ओलीले प्रत्युत्तरमा आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताउँदै यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने बताएका थिए । ओलीले भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताए । ओलीले नेपाल भ्रमणका लागि मोदीलाई निमन्त्रणा दिए ।

मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आज टेलिफोन सम्वाद गरेका छन्  देउवालाई मोदीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र प्रतिनिधिसभामा निर्वाचित भएकोमा बधाई दिएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रचण्डलाई पनि मोदीले सञ्चोविसञ्चो सोधेको, निर्वाचित भएकोमा बधाई दिएको उनका सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७