एएफसी यू-१६ च्याम्पियनसिप छनोट : नेपाल आज जोर्डनसँग भिड्दै


२८ भाद्र २०७६, शनिबार
nepal 1

काठमाडौं, २८ भदौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ ।

नेपालले प्रतियोगिताको सुरुवात नै घरेलु टोली जोर्डनसँगको खेलबाट गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ ।

बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न संघर्ष गर्नुपर्नेछ । हालै भारतमा सम्पन्न साफ १५ वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले दुई साताको अन्तरमा दोस्रो प्रतियोगिता खेल्न लागेको हो ।

तर, भारतमा नेपाली टोलीको कप्तानी गरेका प्रदीप लम्सालसहित असिम राई र इश्वर गुरुङ टिममा छैनन् । एमआरआईबाट तीनै खेलाडीको उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन गएका छैनन् ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्ने छ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७