भारतकोे बंगलादेशलाई १०७ रनको सामान्य लक्ष्य


२८ भाद्र २०७६, शनिबार
u 19 asia cup 8u74am1zzw

काठमाडौं, २८ भदौ (एजेन्सी) । यू–१९ एसिया कप क्रिकेटको फाइनलमा भारतले बंगलादेशलाई सामान्य लक्ष्य दिएको छ । श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउँदै १०७ रनको लक्ष्य दिएको हो ।


भारतका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुव जुरेलले ३३ रनको योगदान गरे । शास्वत रावतले १९ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन ।


बंगलादेशका मृत्युन्जय चौधरी र सहिम हसनले समान तीन तीन विकेट लिएका थिए । तन्जिम हसन सकिब र साहिन आलमले एक–एक विकेट लिए । भने भारतका दुई जना ब्याट्सम्यान रन आउट भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७