ओलम्पिक कमिटी अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ


२८ भाद्र २०७६, शनिबार
Jeevan Ram Shrestha

काठमाडौं, २८ भदौ :नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन्। शनिबार भएको १०औं चुनावी साधारण सभाले श्रेष्ठको नेतृत्वमा चार वर्षका लागि १९ सदस्यीय कार्यसमिती चयन गरेको हो।

उमेशलाल श्रेष्ठलाई १० मतले पछि पार्दै जीवनराम दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। २७ मतमध्ये जीवनरामले १७ र उमेशलालले १० मत पाएका हुन्।

Jeevan Ram Shrestha and team

यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, अशोक राज बज्राचार्य, सुनिल श्रेष्ठर चतुरानन्द वैद्य विजयी भएका छन्।

पुष्प दास श्रेष्ठ, राजिब श्रेष्ठ र समिम मिया अन्सारी भने पराजित भए। ५ उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए।महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले पुरेन्द्र विक्रम लाखेलाई ३ मतले पछि बनाएका हुन्। लाखेले १२ मत ल्याए।

उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन्   ।सदस्यमा रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ र दिर्ग बहादुर केसी निर्वाचित भएका छन्।

Jeevan Ram Shrestha and team 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७