साउदीमा तेल र ग्याँस उत्पादनमा कटौती, आक्रमणको जिम्मा हुथी विद्रोहीले लियो


२९ भाद्र २०७६, आईतवार
saudi 1

काठमाडौं, २९ भदौं । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ ।
सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुई वटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि साउदीले तेल र ग्याँस उत्पादनमा कटौती गरेको हो ।

साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजीज बीन सलमानले तेलको उत्पादनमा प्रतिदिन ५ दशमलव ७ मिलियन ब्यारलले कटौती गरेको जानकारी दिएका छन् । यमनका हुथी विद्रोहीका प्रवक्ताले तेल कम्पनीमा भएको आक्रमणको जिम्मा लिएका छन् ।

उनले आक्रमणमा १० वटा ड्रोन प्रयोग भएको बताएका छन् । तेल कम्पनी र प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको थियो ।

उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन रहेको र सो प्रशोधन केन्द्रहरुबाट दिनको १५ लाख ब्यारेल कच्चा तेल उत्पादन हुँदै आएको थियो ।

यसअघि सन् २००६ मा अबकाइसमा रहेको तेल प्रशोधन केन्द्रमा अल कायदाको आक्रमण प्रयासलाई साउदी सुरक्षा बलले विफल तुल्याएको थियो । साउदीले अरामबाट मात्रै वर्षमा १ सय ११ अर्ब डलर बराबरको कमाई गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७