फिफा र्‍याङकिङमा नेपाल एक स्थान खस्कियो, शीर्ष स्थानमा जर्मनी


६ पुष २०७४, बिहीबार
FIFA announces 369 mn loss for 2016

काठमाडौं: विश्व फुटबल महासंघ फिफाको पछिल्लो र्‍याङकिङमा नेपाल एक स्थान खस्किएको छ ।FIFA announces 369 mn loss for 2016

फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार एक स्थान तल झरेर नेपाल १७१औं स्थानमा पुगेको छ ।

दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १०५औं र माल्दिभ्स १५५औं स्थानमा रहेर दक्षिण एशियामा क्रमसः शीर्ष र दोस्रो स्थानमा छ । त्यसैगरी २ स्थान तल झरेको भुटान १८७औं, ५ स्थान खस्किएको बंगलादेश १९७औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा छन् ।
समग्रमा ३२औं स्थानमा रहेको इरान एशियाली बरियातामा शीर्ष स्थानमा छ भने एक स्थान सुधार गरेको अष्ट्रेलिया ३८औं स्थानमा छ । २ स्थान खस्किएको जापान ५७औं, १ स्थान खस्किएको दक्षिण कोरिया ६०औं, साउदी अरव ६३औं र सबैभन्दा धेरै ११ स्थान तल झरेको चीन ७१औं स्थानमा छ ।
विश्व बरियाताको १ देखि ३५ स्थानसम्म अघिल्लो महिनाकै यथावत छ । शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाचौं स्थानमा छ । बरियाताको छैटौंदेखि दशौं स्थानसम्म क्रमसः स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७